आइतबार नोभेम्बर 22, 2026
“परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।”
“The Spirit of God hath made me, and the breath of the Almighty hath given me life.”
1. संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
4. उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
14. वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
18. कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
9. यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ, त्यसबेला यसरी प्रार्थना गर हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सँधै पवित्र रहोस्।
10. हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आवोस् अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11. आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्।
12. हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13. हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।
1. In the beginning was the Word, and the Word was with God, and the Word was God.
4. In him was life; and the life was the light of men.
14. And the Word was made flesh, and dwelt among us, (and we beheld his glory, the glory as of the only begotten of the Father,) full of grace and truth.
18. No man hath seen God at any time; the only begotten Son, which is in the bosom of the Father, he hath declared him.
9. After this manner therefore pray ye: Our Father which art in heaven, Hallowed be thy name.
10. Thy kingdom come. Thy will be done in earth, as it is in heaven.
11. Give us this day our daily bread.
12. And forgive us our debts, as we forgive our debtors.
13. And lead us not into temptation, but deliver us from evil: For thine is the kingdom, and the power, and the glory, for ever. Amen.
पाठ सेर्मन
14 येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो।
16 येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ केही पढनलाई उभिनु भयो।
17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः
18 परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
19 अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।
20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।
21 येशू तिनीहरूसंग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।
33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।
34 हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।
35 तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, चूप लाग्। यो मानिसदेखि निस्कि हाल्। त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूँइमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
38 येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।
39 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।
40 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।
41 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ। तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।
14 And Jesus returned in the power of the Spirit into Galilee:
16 And he came to Nazareth, where he had been brought up: and, as his custom was, he went into the synagogue on the sabbath day, and stood up for to read.
17 And there was delivered unto him the book of the prophet Esaias. And when he had opened the book, he found the place where it was written,
18 The Spirit of the Lord is upon me, because he hath anointed me to preach the gospel to the poor; he hath sent me to heal the brokenhearted, to preach deliverance to the captives, and recovering of sight to the blind, to set at liberty them that are bruised,
19 To preach the acceptable year of the Lord.
20 And he closed the book, and he gave it again to the minister, and sat down. And the eyes of all them that were in the synagogue were fastened on him.
21 And he began to say unto them, This day is this scripture fulfilled in your ears.
33 And in the synagogue there was a man, which had a spirit of an unclean devil, and cried out with a loud voice,
34 Saying, Let us alone; what have we to do with thee, thou Jesus of Nazareth? art thou come to destroy us? I know thee who thou art; the Holy One of God.
35 And Jesus rebuked him, saying, Hold thy peace, and come out of him. And when the devil had thrown him in the midst, he came out of him, and hurt him not.
38 And he arose out of the synagogue, and entered into Simon’s house. And Simon’s wife’s mother was taken with a great fever; and they besought him for her.
39 And he stood over her, and rebuked the fever; and it left her: and immediately she arose and ministered unto them.
40 Now when the sun was setting, all they that had any sick with divers diseases brought them unto him; and he laid his hands on every one of them, and healed them.
41 And devils also came out of many, crying out, and saying, Thou art Christ the Son of God. And he rebuking them suffered them not to speak: for they knew that he was Christ.
44 And he preached in the synagogues of Galilee.
22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।
23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?
24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।
25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।
26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ?
27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भुत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्।
28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भुतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।
29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ।
31 यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।
31 यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।
32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
35 असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। हृदयमा थुपारेको यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।
22 Then was brought unto him one possessed with a devil, blind, and dumb: and he healed him, insomuch that the blind and dumb both spake and saw.
23 And all the people were amazed,
24 But when the Pharisees heard it, they said, This fellow doth not cast out devils, but by Beelzebub the prince of the devils.
25 And Jesus knew their thoughts, and said unto them, Every kingdom divided against itself is brought to desolation; and every city or house divided against itself shall not stand:
26 And if Satan cast out Satan, he is divided against himself; how shall then his kingdom stand?
27 And if I by Beelzebub cast out devils, by whom do your children cast them out? therefore they shall be your judges.
28 But if I cast out devils by the Spirit of God, then the kingdom of God is come unto you.
29 Or else how can one enter into a strong man’s house, and spoil his goods, except he first bind the strong man? and then he will spoil his house.
31 Wherefore I say unto you, All manner of sin and blasphemy shall be forgiven unto men: but the blasphemy against the Holy Ghost shall not be forgiven unto men.
32 And whosoever speaketh a word against the Son of man, it shall be forgiven him: but whosoever speaketh against the Holy Ghost, it shall not be forgiven him, neither in this world, neither in the world to come.
35 A good man out of the good treasure of the heart bringeth forth good things: and an evil man out of the evil treasure bringeth forth evil things.
13 यहूदीहरूको निस्तार चाडअति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।
14 यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए।
15 येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो।
16 येशूले ती ढुकुरह्ररू बेच्नेहरूलाई भन्नुभयो, यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।
17 यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।
18 यहूदीहरूले येशूलाई भने, यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।
19 येशूले भन्नुभयो, यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।
20 यहूदीहरूले भने, यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?
21 वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसंग थियो।
22 मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
13 And the Jews’ passover was at hand, and Jesus went up to Jerusalem,
14 And found in the temple those that sold oxen and sheep and doves, and the changers of money sitting:
15 And when he had made a scourge of small cords, he drove them all out of the temple, and the sheep, and the oxen; and poured out the changers’ money, and overthrew the tables;
16 And said unto them that sold doves, Take these things hence; make not my Father’s house an house of merchandise.
18 Then answered the Jews and said unto him, What sign shewest thou unto us, seeing that thou doest these things?
19 Jesus answered and said unto them, Destroy this temple, and in three days I will raise it up.
20 Then said the Jews, Forty and six years was this temple in building, and wilt thou rear it up in three days?
21 But he spake of the temple of his body.
22 When therefore he was risen from the dead, his disciples remembered that he had said this unto them; and they believed the scripture, and the word which Jesus had said.
24 यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।
25 येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।
26 तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।
27 मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।
28 म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।
29 मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन।
30 पिता र म एकै हौं।
24 Then came the Jews round about him, and said unto him, How long dost thou make us to doubt? If thou be the Christ, tell us plainly.
25 Jesus answered them, I told you, and ye believed not: the works that I do in my Father’s name, they bear witness of me.
26 But ye believe not, because ye are not of my sheep, as I said unto you.
27 My sheep hear my voice, and I know them, and they follow me:
28 And I give unto them eternal life; and they shall never perish, neither shall any man pluck them out of my hand.
29 My Father, which gave them me, is greater than all; and no man is able to pluck them out of my Father’s hand.
30 I and my Father are one.
पिता। अनन्त जीवन; एक मात्र मन; दिव्य सिद्धान्त, जसलाई सामान्यतया परमेश्वर भनिन्छ।
Father. Eternal Life; the one Mind; the divine Principle, commonly called God.
मन्दिर। शरीर; जीवन, सारतत्व र बुद्धिको अवधारणा; सत्यको उपरिसंरचना; प्रेमको पवित्र स्थल; एउटा भौतिक संरचना, जहाँ नश्वर प्राणीहरू उपासनाका लागि भेला हुन्छन्।
Temple. Body; the idea of Life, substance, and intelligence; the superstructure of Truth; the shrine of Love; a material superstructure, where mortals congregate for worship.
परमेश्वर असल र सबै प्राणीहरूको स्रोत भएकोले, उहाँले नैतिक वा शारीरिक विकृति उत्पन्न गर्नुहुन्न; त्यसैले यस्तो विकृति वास्तविक होइन, तर भ्रम हो, त्रुटिको मृगजळ हो। दिव्य विज्ञानले यी महान् तथ्यहरू प्रकट गर्दछ। तिनीहरूको आधारमा येशूले जीवन प्रदर्शन गर्नुभयो, कुनै पनि रूपमा त्रुटिसँग कहिल्यै डराउनु भएन र आज्ञा पालन गर्नु भएन।
Inasmuch as God is good and the fount of all being, He does not produce moral or physical deformity; therefore such deformity is not real, but is illusion, the mirage of error. Divine Science reveals these grand facts. On their basis Jesus demonstrated Life, never fearing nor obeying error in any form.
परमेश्वर अनन्त हुनुहुन्छ; अनन्तताको न कहिल्यै सुरुवात भएको थियो, न कहिल्यै अन्त्य हुनेछ, र यसमा परमेश्वरभन्दा भिन्न कुनै पनि कुरा समावेश छैन। त्यसोभए, आत्माविहीन पदार्थ कहाँबाट आयो?
जीवन, ख्रीष्टजस्तै, "हिजो, आज र सधैंभरि एकनासको" छ।
God is the infinite, and infinity never began, will never end, and includes nothing unlike God. Whence then is soulless matter?
Life is, like Christ, "the same yesterday, and to-day, and forever."
धर्मशास्त्रहरूले शरीरमा पापपूर्ण विचारको हानिकारक प्रभावबारे स्पष्ट रूपमा बताएका छन्। हाम्रा गुरुले समेत यो कुरा महसुस गर्नुभएको थियो। यस्तो उल्लेख पाइन्छ कि, सत्यप्रति "अविश्वास" रहेका कारण उहाँले कतिपय ठाउँमा धेरै शक्तिशाली कार्यहरू गर्नुभएन। मानिसका जुनसुकै त्रुटिहरू आफैँमा आफ्ना शत्रु हुन् र तिनले आफ्नै विरुद्ध काम गर्छन्; यिनले सही दिशामा केही गर्दैनन्, बरु गलत दिशामा धेरै हानि पुर्याउँछन्।
The Scriptures plainly declare the baneful influence of sinful thought on the body. Even our Master felt this. It is recorded that in certain localities he did not many mighty works "because of their unbelief" in Truth. Any human error is its own enemy, and works against itself; it does nothing in the right direction and much in the wrong.
सूर्योदयलाई हेर्दा, पृथ्वी गतिशील छ र सूर्य स्थिर छ भन्ने कुरामा विश्वास गर्नु हाम्रा इन्द्रियहरूले दिने प्रमाणको विपरीत देखिन्छ। जसरी खगोलशास्त्रले सौर्यमण्डलको गतिसम्बन्धी मानवीय धारणालाई उल्ट्याइदिन्छ, त्यसरी नै 'क्रिश्चियन साइन्स' ले आत्मा र शरीरबीचको प्रतीत हुने सम्बन्धलाई उल्ट्याउँछ र शरीरलाई 'मन' को अधीनमा ल्याउँछ। मानिसको अवस्था पनि यस्तै छ; ऊ वास्तवमा स्थिर 'मन' को एक विनम्र सेवक मात्र हो, यद्यपि सीमित इन्द्रियहरूलाई भने यो कुरा अर्कै किसिमको लाग्न सक्छ।
In viewing the sunrise, one finds that it contradicts the evidence before the senses to believe that the earth is in motion and the sun at rest. As astronomy reverses the human perception of the movement of the solar system, so Christian Science reverses the seeming relation of Soul and body and makes body tributary to Mind. Thus it is with man, who is but the humble servant of the restful Mind, though it seems otherwise to finite sense.
भौतिक इन्द्रियहरूको गवाही न त पूर्ण छ, न त दैवी नै। त्यसैले, म पूर्ण रूपमा येशू, उहाँका प्रेरितहरू, अगमवक्ताहरूका शिक्षाहरू र 'साइन्स अफ माइन्ड' को गवाहीमा अडिग रहन्छु। यसबाहेक अन्य कुनै आधार छैनन्। अन्य सबै प्रणालीहरू — जुन प्रणालीहरू- मा आधारित छन् पूर्णतया वा आंशिक रूपमा भौतिक इन्द्रियहरूद्वारा प्राप्त ज्ञानमा आधारित कुराहरू — हावामा हल्लिने निगालाहरू जस्तै हुन्, चट्टानमा बनाइएका घरहरू होइनन्।
The testimony of the material senses is neither absolute nor divine. I therefore plant myself unreservedly on the teachings of Jesus, of his apostles, of the prophets, and on the testimony of the Science of Mind. Other foundations there are none. All other systems — systems based wholly or partly on knowledge gained through the material senses — are reeds shaken by the wind, not houses built on the rock.
येशूले भन्नुभयो: "यो मन्दिर [शरीर] लाई नष्ट गर, र तीन दिनभित्र म [मन] यसलाई फेरि खडा गर्नेछु;" र उहाँले थकित मानवतालाई आश्वस्त पार्न यसो गर्नुभएको थियो।
के यो एक प्रकारको अविश्वास होइन र—यो विश्वास गर्नु कि मसीहको जस्तो महान् कार्य उहाँ आफैँका लागि वा परमेश्वरका लागि गरिएको थियो? जबकि परमेश्वरलाई त अनन्त सामञ्जस्य कायम राख्न येशूको दृष्टान्त वा सहयोगको कुनै आवश्यकता नै थिएन! तर नश्वर मानवहरूलाई भने यस सहयोगको खाँचो थियो, र येशूले उनीहरूका लागि बाटो देखाइदिनुभयो।
अनुग्रहको चमत्कार प्रेम को दृष्टिमा कुनै चमत्कार होइन। येशूले भौतिक अस्तित्वको असक्षमता र साथै आत्मा को अनन्त सामर्थ्यलाई प्रमाणित गरिदिनुभयो; यसरी उहाँले भ्रमित मानव चेतनालाई आफ्नै गलत धारणाहरूबाट मुक्त भई दिव्य विज्ञान मा सुरक्षा खोज्न मद्दत गर्नुभयो।
Jesus said: "Destroy this temple [body], and in three days I [Mind] will raise it up;" and he did this for tired humanity's reassurance.
Is it not a species of infidelity to believe that so great a work as the Messiah's was done for himself or for God, who needed no help from Jesus' example to preserve the eternal harmony? But mortals did need this help, and Jesus pointed the way for them.
The miracle of grace is no miracle to Love. Jesus demonstrated the inability of corporeality, as well as the infinite ability of Spirit, thus helping erring human sense to flee from its own convictions and seek safety in divine Science.
"शब्द देहधारी भयो।" अस्तित्वको विज्ञान लाई प्रमाणित गर्नुअघि, ईश्वरीय सत्यलाई मनमा मात्र नभई शरीरमा पर्ने यसका प्रभावहरूद्वारा पनि चिन्नुपर्छ। यसैले, देहधारी येशूमा यसको साकार रूप देखिन्छ—यो एउटा यस्तो जीवन-कडी हो जसले वास्तविक र अवास्तविक बीच सम्बन्ध जोड्छ; जहाँ 'आत्मा' ले इन्द्रिय-बोधलाई सच्याउँछ, र 'सत्य' ले भ्रम वा त्रुटिलाई नष्ट गर्छ।
"The Word was made flesh." Divine Truth must be known by its effects on the body as well as on the mind, before the Science of being can be demonstrated. Hence its embodiment in the incarnate Jesus, — that life-link forming the connection through which the real reaches the unreal, Soul rebukes sense, and Truth destroys error.
हाम्रा गुरुले सोध्नुभयो: "कुनै बलवान् मानिसको घरमा पसेर उसका सरसामान लुट्न कसरी सकिएला, जबसम्म पहिले त्यो बलवान् मानिसलाई नै बाँधिँदैन?" अर्को शब्दमा भन्नुपर्दा: शरीरलाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्ने तथाकथित नश्वर मन लाई सम्बोधन नगरी, म कसरी शरीरलाई निको पार्न सक्छु? जब यस तथाकथित मनभित्र रोगको अस्तित्व मेटिन्छ, तब रोगको डर पनि हराउँछ, र यसरी रोग पूर्ण रूपमा निको हुन्छ। 'नश्वर मन' नै त्यो "बलवान् मानिस" हो; स्वास्थ्य र नैतिकतामाथि यसको प्रभाव हटाउनु अघि यसलाई नियन्त्रणमा लिनु आवश्यक हुन्छ। जब यो भ्रम वा त्रुटि परास्त हुन्छ, तब हामी त्यस "बलवान् मानिस" का सरसामानहरू—अर्थात् पाप र रोग—लाई खोसेर हटाउन सक्छौं।
Our Master asked: "How can one enter into a strong man's house and spoil his goods, except he first bind the strong man?" In other words: How can I heal the body, without beginning with so-called mortal mind, which directly controls the body? When disease is once destroyed in this so-called mind, the fear of disease is gone, and therefore the disease is thoroughly cured. Mortal mind is "the strong man," which must be held in subjection before its influence upon health and morals can be removed. This error conquered, we can despoil "the strong man" of his goods, — namely, of sin and disease.
यदि तपाईंले यो बुझ्नुभयो कि नश्वर अस्तित्व भनेको आत्म-वञ्चना मात्र हो, न कि वास्तविक सत्ता वा सत्य, भने तपाईं परिस्थितिमाथि नियन्त्रण राख्न सक्नुहुन्छ। नश्वर मनले निरन्तर रूपमा गलत धारणाहरूको परिणाम नश्वर शरीरमा प्रकट गरिरहेको हुन्छ; र यो क्रम तबसम्म चलिरहनेछ, जबसम्म 'सत्य' ले नश्वर भ्रमका ती काल्पनिक शक्तिहरूलाई खोसेर लिँदैन—जुन सत्यले नश्वर भ्रमको पातलो जालोलाई पूर्ण रूपमा मेटाएर लैजान्छ।
You command the situation if you understand that mortal existence is a state of self-deception and not the truth of being. Mortal mind is constantly producing on mortal body the results of false opinions; and it will continue to do so, until mortal error is deprived of its imaginary powers by Truth, which sweeps away the gossamer web of mortal illusion.
शरीर पहिलो र आत्मा अन्तिम होइन, न त दुष्टता नै भलाइभन्दा शक्तिशाली छ।
Body is not first and Soul last, nor is evil mightier than good.
शरीरलाई शारीरिक अशुद्धिहरूबाट पखाल्ने 'आत्माको बप्तिस्मा' ले यो सङ्केत गर्छ कि हृदयमा शुद्ध भएकाहरूले परमेश्वरलाई देख्छन्, र तिनीहरू आध्यात्मिक जीवन तथा त्यसको प्रकटीकरणतर्फ अघि बढिरहेका हुन्छन्।
The baptism of Spirit, washing the body of all the impurities of flesh, signifies that the pure in heart see God and are approaching spiritual Life and its demonstration.
अस्तित्वका आध्यात्मिक तथ्यहरू प्रकट हुन सकून् भन्नाका खातिर, विचारलाई मिथ्या विश्वासहरू र भौतिक प्रमाणहरूबाट मुक्त गर्नु—यो नै त्यो महान् उपलब्धि हो, जसका माध्यमबाट हामी असत्यलाई हटाएर सत्यलाई स्थान दिन सक्छौं। यसरी हामी सत्यमा त्यो मन्दिर—अर्थात् शरीर—स्थापना गर्न सक्छौं, "जसका निर्माता र रचयिता स्वयं परमेश्वर हुनुहुन्छ।"
To divest thought of false trusts and material evidences in order that the spiritual facts of being may appear, — this is the great attainment by means of which we shall sweep away the false and give place to the true. Thus we may establish in truth the temple, or body, "whose builder and maker is God."
जब हामी सम्पूर्ण भौतिक इन्द्रियजन्य सुख र पापभन्दा माथि उठ्छौं, तब मात्र हामी त्यो स्वर्गीय आकाङ्क्षा र आध्यात्मिक चेतनासम्म पुग्न सक्छौं—जसको सङ्केत 'प्रभुको प्रार्थना' मा पाइन्छ र जसले बिरामीहरूलाई तत्काल निको पार्छ।
यहाँ, प्रभुको प्रार्थना को आध्यात्मिक अर्थबारे मेरो बुझाइ प्रस्तुत गर्दछु:
हे स्वर्गमा रहनुहुने हाम्रा पिता,
हे हाम्रा पिता-माता परमेश्वर, जो पूर्ण सामञ्जस्यपूर्ण हुनुहुन्छ,
तपाईंको नाम पवित्र मानियोस्।
हे पूजनीय परमेश्वर।
तपाईंको राज्य आओस्।
तपाईंको राज्य आइसकेको छ; तपाईं सर्वत्र विद्यमान हुनुहुन्छ।
स्वर्गमा जस्तै पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्।
हामीलाई यो बोध गराउनुहोस् कि—स्वर्गमा झैं पृथ्वीमा पनि—परमेश्वर सर्वशक्तिमान् र सर्वोच्च हुनुहुन्छ।
हामीलाई आज हाम्रो दैनिक आहार दिनुहोस्;
हामीलाई आजका लागि अनुग्रह प्रदान गर्नुहोस्; हाम्रा भोकाएका भावनाहरूलाई तृप्त पार्नुहोस्;
र हाम्रा ऋणहरू क्षमा गर्नुहोस्, जसरी हामी हाम्रा ऋणीहरूलाई क्षमा गर्छौं।
र प्रेम, प्रेममै प्रतिविम्बित हुन्छ;
र हामीलाई परीक्षामा नपार्नुहोस्, बरु दुष्टबाट बचाउनुहोस्;
परमेश्वरले हामीलाई परीक्षामा पार्नुहुन्न, बरु पाप, रोग र मृत्युबाट मुक्त गर्नुहुन्छ।
किनकि राज्य, शक्ति र महिमा सदासर्वदा तपाईंकै हुन्।
किनकि परमेश्वर अनन्त हुनुहुन्छ; उहाँ नै सर्वशक्ति, सम्पूर्ण जीवन, सत्य र प्रेम हुनुहुन्छ; उहाँ सबैभन्दा माथि हुनुहुन्छ र उहाँ नै 'सबै' हुनुहुन्छ।
Only as we rise above all material sensuousness and sin, can we reach the heaven-born aspiration and spiritual consciousness, which is indicated in the Lord's Prayer and which instantaneously heals the sick.
Here let me give what I understand to be the spiritual sense of the Lord's Prayer:
Our Father which art in heaven,
Our Father-Mother God, all-harmonious,
Hallowed be Thy name.
Adorable One.
Thy kingdom come.
Thy kingdom is come; Thou art ever-present.
Thy will be done in earth, as it is in heaven.
Enable us to know, — as in heaven, so on earth, — God is omnipotent, supreme.
Give us this day our daily bread;
Give us grace for to-day; feed the famished affections;
And forgive us our debts, as we forgive our debtors.
And Love is reflected in love;
And lead us not into temptation, but deliver us from evil;
And God leadeth us not into temptation, but delivereth us from sin, disease, and death.
For Thine is the kingdom, and the power, and the glory, forever.
For God is infinite, all-power, all Life, Truth, Love, over all, and All.
दैनिक कर्तव्यहरू
मेरी बेकर एड्डी द्वारा
दैनिक प्रार्थना
प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।
प्रेरणा र कार्यहरूको लागि नियम
न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।
ड्यूटी गर्न सतर्कता
यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।